इरान-इजराइलबीच युद्ध नहुने सङ्केत, तेलको भाउमा भारी गिरावट
इरान र इजराइलबीच युद्ध नहुने संकेत देखिएपछि कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ घटेको छ।
अक्टोबर १ मा इरानले इइजराइलमाथि १८० भन्दा बढी मिसाइल आक्रमण गरेपछि दुवै देशबीच तनाव चुलियो, जसका कारण तेलको भाउ एकाएक ७२ डलरबाट ८० डलर प्रति ब्यारेलसम्म पुगेको थियो।
तर इजराइलले शनिबार आक्रामक कारवाही नगरी केवल सैन्य संरचनामा मात्रै आक्रमण गरेपछि र इरानले पनि कडा जबाफ नफर्काउने संकेत देखाएपछि, सोमबार तेलको भाउ ७२.६९ डलरमा झरेको छ। अमेरिका र इरानबीच आणविक र तेल खानीमाथि हमला नगर्ने सन्देश आदान-प्रदान भएकोले पनि तनाव नियन्त्रणमा आएको देखिन्छ।
यसरी, युद्धको सम्भावना घट्दै गएपछि बजारले तेलको भाउ स्थिर भएको आकलन गरेको छ।