माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको विमानमा इन्जिन समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि अवतरण गरिएको हो। समस्या देखिएपछि सुरक्षित अवतरण गरिएको र स्थिति सामान्य रहेको जनाइएको छ।