आशा लघुवित्तको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य १०६९ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ९३५.६७ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।