आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश दिने
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) समावेश छ।
कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्तावलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। लाभांश प्रस्ताव ११औं वार्षिक साधारणसभामा अनुमोदन गरिनेछ।