आज रातो आलुको मूल्य घट्दा लोकल गोलभेंडाको बढ्यो, अन्य तरकारीको मूल्य कति ?
कालिमाटी तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफुल र माछाको मूल्य सार्वजनिक गरेको छ, जसअनुसार आज रातो आलु, रायो, पालुंगो र चमसुरको सागको मूल्य घटेको छ ।
आज रातो आलु ८६, रायो साग ९५, पालुंगो ८५, र चमसुरको साग प्रतिकिलो १७६ रुपियाँमा कारोबार भएको छ। अघिल्लो दिनमा आलु ९६ र यी सागहरू क्रमशः १३६, १३३, र २७६ रुपियाँमा बिक्री भएका थिए।
यसैगरी, सानो लोकल गोलभेडा ५ रुपैयाँले बढेर प्रतिकिलो ८० भिन्डी र घिरौंलाको मूल्य प्रतिकिलो १० रुपियाँले बढेर क्रमशः ५५ र ७५ रुपियाँमा पुगेको छ। तनेबोडीको मूल्य पनि ३० रुपियाँले बढेर हिजोको ९५ बाट आज १२५ रुपियाँमा पुगेको छ।
दैनिक मूल्य बारे जानकारी – वि.सं. कार्तिक ०२, २०८१