आज घिउसिमी र धनियाँको मूल्य बढ्यो, अन्य तरकारीको मूल्य कति ?



Advertisement
Ads

कालिमाटी तरकारी बजार विकास समितिलेआजका लागि तरकारी, फलफुल र माछाको मूल्य सार्वजनिक गरेको छ, जसअनुसार आज घिउसिमी र हरियो धनियाको भाउमा वृद्धि भएको छ। आज घिउसिमी ११० रुपियाँले बढेर प्रतिकिलो २३५ रुपियाँ पुगेको छ, जुन हिजो १२५ मा कारोबार भएको थियो।


Advertisement

त्यस्तै, हरियो धनियाँ हिजो १७६ रुपियाँमा कारोबार भएकोमा आज २५० रुपियाँ पुगेको छ, प्रति किलो ७४ रुपियाँ महँगो भएको हो।


Advertisement

बिहीबार कालिमाटीमा ठूलो गोलभेंडा १३५, बन्दा ५५, प्याज १०२, भन्टा ५५, मटरकोशा १९०, करेला ७५, चिचिन्डो २५, र कुरिलो प्रतिकिलो ५०० रुपियाँमा कारोबार भइरहेको छ।


Advertisement

दैनिक मूल्य बारे जानकारी – वि.सं. कार्तिक ०१, २०८१

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर