आईएमई लाइफ इन्स्योरेन्सले बोलायो सातौंं वार्षिक साधारण सभा
आइएमई लाइफ इन्स्योरेन्सले सातौंं वार्षिक साधारण सभा आगामी जेठ २८ गते आह्वान गरेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले सातौंं वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो। उक्त सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्साल काठमाडौंमा विहान ११ बजेबाट सुरु गर्ने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७९ ८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थाफक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ती गरेकोमा सो नियुत्त सभाले अनुमोदन गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १४ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
#BajarkoChirfar