Advertisement
Ads

आइसिसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई हरायो



Advertisement
Ads

आइसिसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। बिहीबार नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्यो। यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो।

बिहीबार युएईको अजमानस्थित द सेभन्स रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले ८ विकेटको क्षतिमा १३० रन बनायो। कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाउँदै ३८ बलमा ४ चौका हानेकी थिइन्। ओपनर सना प्रविनले २५ रन, ज्योत्स्निका मरासिनीले २३ रन, र अलिसा कुमारी यादवले १५ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालका चार ब्याटर रनआउट भए भने कुवेतका बलर आयसा एकबालले दुई विकेट लिइन्।

१३१ रनको लक्ष्य पछ्याउन उत्रिएको कुवेत १३ ओभरमा मात्र २२ रनमा अलआउट भयो। ओपनर जीफा जिलानीले सर्वाधिक १२ रन बनाइन्, तर अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका रचना चौधरी र सीमा केसीले २-२ विकेट लिए। रचनाले २ ओभरमा १ रनमात्र दिए भने सीमाले दुई ओभरमा कुनै रन नदिई दुई विकेट लिइन्। पूजा महतो, कृष्मा गुरुङ, र मनिषा उपाध्यायले १-१ विकेट लिए।


Advertisement

अब नेपालले शनिबार तेस्रो खेलमा युएईसँग खेल्नेछ। त्यसपछि नेपालले थाइल्यान्ड, कुवेत र युएईसँग दोस्रो लेगका खेल खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक युएई, कुवेत, र थाइल्यान्ड सहभागी छन्, जहाँ शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ। यू-१९ महिला विश्वकप प्रतियोगिता मलेसियामा आगामी जनवरीमा आयोजना हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर