आइएमई लाइफ इन्स्योरेन्सको सातौंं वार्षिक साधारण सभा भोलि, लाभांश सहित यस्ता छन् एजेण्डा
आइएमई लाइफ इन्स्योरेन्सले सातौंं वार्षिक साधारण सभा भोलि ( सोमबार) बस्ने भएको छ । सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्साल काठमाडौंमा विहान ११ बजेबाट सुरु हुनेछ।
सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७९ ८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थाफक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ती गरेकोमा सो नियुत्त सभाले अनुमोदन गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।