अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
कम्पनीको आइतबारको अन्तिम कारोबार २८० रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य २७१.८४ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर सोमबार (भोलि) दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।