अमेरिकामा फेरि चल्यो ‘ट्रम्प कार्ड’, कति छ ट्रम्पको सम्पत्ति ?
अमेरिकामा एक पटक फेरि ‘ट्रम्प कार्ड’ चलेको छ। हालको राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्न सुनिश्चित देखिन्छन्। ट्रम्पले आफूले जितेको दाबी गरिसकेपनि औपचारिक घोषणा भने हुन बाँकी छ।
अमेरिकाको ४७ औं राष्ट्रपति बन्ने बाटोमा रहेका ट्रम्प देशका सबैभन्दा धनाढ्य नेतामा गनिन्छन्। उनी अर्बौँ डलरका मालिक छन् र उनका व्यवसाय विश्वभर फैलिएका छन्, जसमा मिडिया टेक्नोलोजी र रियल इस्टेटजस्ता उद्योगहरू समावेश छन्।
७ अर्ब डलरभन्दा बढीको नेटवर्थ
ट्रम्प अमेरिकाका धनाढ्य नेता हुन् र उनी ह्वाइट हाउसमा पुनः प्रवेश गर्दैछन्। ट्रम्पसँग ६ अर्ब ६० करोड डलरदेखि ७ अर्ब ७० करोड डलरको नेटवर्थ भएको भनिन्छ। अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार उनका ६ अर्ब ६० करोड डलर सम्पत्ति छ भने ब्लूमबर्गका अनुसार ७ अर्ब ७० करोड डलरको सम्पत्ति छ।
सम्पत्तिमा उतारचढाव
ट्रम्पले पहिलोपटक राष्ट्रपतिको पदका लागि उम्मेदवारी दिँदा, २०१६ मा उनका सम्पत्ति ४.५ अर्ब डलर थियो। त्यस समय उनले भनेका थिए कि उनीसँग त्यो भन्दा बढी सम्पत्ति छ। तर राष्ट्रपति बनेपछि उनका सम्पत्तिमा गिरावट आयो। २०२० मा उनका सम्पत्ति घटेर २.१ अर्ब डलर पुगेको थियो। कार्यकाल सकिएपछि २०२२ मा उनका सम्पत्ति ३ अर्ब डलर पुगेको थियो, र यसै महिना उनका सम्पत्ति ७ अर्ब डलर माथि पुग्यो।
ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपमा प्रमुख हिस्सा
ट्रम्पको सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपमा छ। फोर्ब्सका अनुसार यसको मूल्य ५.६ अर्ब डलर छ। २०२४ को अप्रिलमा ट्रम्पसँग यस कम्पनीमा ११ करोड ४५ लाख ५० हजार कित्ता सेयर र ३ करोड ६० लाख अर्नआउट सेयर थिए।
ट्रम्प मेन्सन र २० एकड जग्गा
ट्रम्पसँग एक से एक लग्जरी प्रोपर्टीहरू छन्। ह्वाइट हाउस छोडेपछि उनले फ्लोरिडाको पाम बीचस्थित १ करोड डलर मूल्यको शानदार मेन्सनमा बस्दै आएका छन्, जुन उनले १९८५ मा किनेर राखेका थिए। सेन्ट मार्टिनमा पनि उनका लग्जरी प्रपर्टीहरू छन्।
ट्रम्प गल्फको सौखिन पनि हुन्। उनीसँग १९ वटा गल्फ कोर्स छन्। उनका कार र विमानहरूको कलेक्सनले पनि उनको धनको संकेत दिन्छ। वासिङ्टन पोस्टका अनुसार ट्रम्पसँग ५ वटा विमान र अनगिन्ती लक्जरी गाडीहरू छन्, जसमध्ये रोल्स रोयस र मर्सिडिज बेन्जका गाडीहरू पनि छन्।
पिताको व्यवसायको विस्तार
ट्रम्पले आफ्नो पिताबाट रियल इस्टेट व्यवसायको सम्पत्ति प्राप्त गरेका थिए। उनका पिताले, फेड ट्रम्पले १९२७ मा न्यूयोर्कमा रियल इस्टेट कम्पनी सुरु गरेका थिए। सन् १९७१ देखि डोनाल्ड ट्रम्पले आफ्ना पिताको कारोबार सम्हाल्न सुरु गरेका थिए र त्यसलाई विश्वव्यापी साम्राज्यमा रूपान्तरण गरेका थिए।
(एजेन्सी)