अब घरजग्गाको पैसा पनि सेयर बजारमा आउँछ, कल्पनै नगरेको लेभलमा कारोबार हुन्छ : केशव कोईराला ‘काका’



Advertisement
Ads

बजारको चिरफारको पोड्कास्ट ‘अब के हुन्छ ?’ को एघारौँ एपिसोडमा विगत लामो समयदेखि सेयरबजारमा सकृय लगानीकर्ता केशव कोइराला ‘काका’ संग सेयर बजारको वर्तमान अवस्थाको बारेमा कुराकानी गरेका छौँ।


Advertisement

केशव कोइराला समय समयमा सेयरबजार सम्बन्धि आफ्ना विचार राखिरहने व्यक्ति हुन्। उनले २०८० साल लाई सेयर बजारमा लगानी गर्ने समय र २०८१ लाई उक्त लगानी गरेको सेयर गोडमेल गर्ने समय भएको भनेर भविष्यवाणी गरेका थिए जुन कुरा अहिले सही सावित हुँदै गइरहेको देखिन्छ।


Advertisement

काकाको विचारमा यदि सरकार परिवर्तन नभएको भए पनि असार मसान्त पछि सेयर बजार बढ्ने नै सम्भावना थियो। सबै परिस्थितिहरु सेयर बजार अनुकुल हुँदै गईरहेका थिए। सत्ता समीकरण परिवर्तन नहुँदाको अवस्थामा पनि राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउन सक्ने सम्भावना नै बढी थियो । झन् ओली नेतृत्वको सरकार आईसकेपछि व्यापारीहरुको ठूलो हिस्सा निकै सकारात्मक हुने हुँदा सेयर बजारमा नयाँ लगानी बढेको छ। ‘ओली सरकार आएपछि बलेको आगोमा घ्यू थपेजस्तो भएको छ।’

जग्गाको भाउ जति बढ्नु पर्ने हो बढिसक्यो, अब तत्कालै जग्गाको भाउ बढ्ने नदेखिएकाले जग्गामा पैसा लगाउनेहरु पनि अबको केहि समयमै सेयरबजारमा आउने र त्यसपछि सेयरबजार नसोचेको ढंगले बढ्ने काकाको आँकलन छ। यो बुलमा कल्पनै नगरेको कारोबार हुने पनि उनको आँकलन छ। साथै उनले घर जग्गा खरिद गर्नुको सट्टा भाडाको घरमा बसेर आफूसंग भएको पुँजीलाई सेयरबजारमा लगानी गर्न समेत सल्लाह दिएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर